Home खेल समाचार डी जोङलाई भित्र्याउने तयारीमा म्यानचेष्टर युनाइडेट

डी जोङलाई भित्र्याउने तयारीमा म्यानचेष्टर युनाइडेट

इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड स्पेनिस ला लिगा क्लब बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डी जोङ अनुबन्ध गर्ने तयारी गरेको छ ।

जसका लागि क्लब ६५ मिलियन युरो तिर्न समेत तयार रहेको छ । यद्यपि केही कामले भने पूर्णता पाएको छैन । तर, स्थानान्तरणका लागि युनाइटेड बोर्ड सकारात्मक देखिएको छ ।

२५ वर्षीय नेदरल्यान्डका खेलाडीलाई नयाँ म्यानेजर एरिक टेन हाङले सुरुवातबाटै आफ्नो रणनीतिमा राखेको थिए । सन् २०१९ मा डी जोङ डच क्लब अजाक्सबाट बार्सिलोना भित्रिएका थिए । बार्सिलोना रहँदा उनले ९८ खेलमा ८ गोल गरेका छन् ।

धेरै पढिएको
सम्बन्धित शीर्षकहरु