Home बाल शिक्षा सिमुलेसन साइन्स सेन्टरको आयोजनमा 'सिमुलेसन विज्ञान प्रदर्शनी २०२२' सुरु

सिमुलेसन साइन्स सेन्टरको आयोजनमा ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ सुरु

काठमाडौं । ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ सिमुलेसन साइन्स सेन्टरको आयोजनमा सुरु भएको छ । पुस १ गतेदेखि सुरु भएको प्रदर्शनी पुस ३० गतेसम्म होप्पील्याण्ड एमुजमेन्ट पार्कमा सञ्चालन हुने छ ।

होप्पील्याण्ड एमुजमेन्ट एण्ड वाटरपार्कमा आयोजना गरिएको प्रदर्शनीमा बालबालिकालाई वैज्ञानिक नियम र सिद्धान्तको बारेमा जानकारी गराइने उद्देश्य लिइएको छ । अन्तरक्रियात्मक कार्यक्रममा पनि बालबालिका सहभागी हुने व्यवस्था मिलाइएको छ ।

यस्तै, प्रदर्शनीमा ग्याजेट र रोवोटिक कुरा प्रयोग गरिएको छ । जसलाई भौतिक र मेकानिकल विषयका विज्ञको प्रशिक्षणले आगामी दिनमा बालबालिकलाई विषय बुझ्नका लागि थप सहयोग गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, डाइनोसरको बारेमा जानकारी गराउँदै बालिबालिकालाई त्यसैबाट बोटिङ गर्दा थप अध्ययन गर्न पाउने सिमुलेसन साइन्स सेन्टरकी प्रमुख कार्यकारी अधिकृत प्रतिक्षा थापाले बताइन् ।

धेरै पढिएको
सम्बन्धित शीर्षकहरु