Home शिक्षा समाचार अनेरास्ववियूले जलायो शिक्षा मन्त्रीको पुत्ला

अनेरास्ववियूले जलायो शिक्षा मन्त्रीको पुत्ला

काठमाडौं । अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको विरोध गर्दै पुत्ला दहन गरेको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित शुक्रबार आरआर क्याम्पसअगाडि अनेरास्ववियूले मन्त्रीको पुत्ला जलाएको हो । शिक्षा मन्त्री खनाल भ्रष्ट भएको आरोपसहित नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू केन्द्रीय समितिले पुत्ला जलाएको हो ।

शिक्षामन्त्री खनालले १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए ।खनालको सो निर्णयपछि निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खानका लागि यस्तो निर्णय गरेको र यो निर्णयले झनै विद्यार्थीहरुलाई महंगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने भन्दै विद्यार्थी नेताहरुले बिरोध जनाएका छन्।

धेरै पढिएको
सम्बन्धित शीर्षकहरु