काठमाडौं । एशियामा व्यापक रूपमा रहेको प्रि-स्कूल चेन किड्जीले शनिबार बाल सुरक्षासम्बन्धी सेमिनार ‘आई केयर’ को आयोजना गरेको छ ।
यस्तै, ललितपुर महानगरपालिकाको उप–मेयर मञ्जली शाक्य बज्रचार्यको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा, काठमाडौं उपत्यकाका प्रसिद्ध विद्यालय र प्रि स्कूलका प्रिन्सिपललाई आमन्त्रित गरिएको थियो ।
किड्जीले बाल दुर्व्यवहारको विभिन्न प्रकार, लक्षण र विनाशकारी प्रभावहरूका बारेमा दर्शकलाई सचेत र शिक्षित बनाउने आशाका साथ बाल दुर्व्यवहारको रोकथामका लागि एउटा अभियानको रूपमा आई केयरको सुरुवात गरेको जनाएको छ ।
किड्जीले २००० भन्दा बढी केन्द्रको सञ्जालका साथमा १४ लाख विद्यार्थीहरूलाई पालन–पोषण गरेको छ र १००,००० भन्दा बढी शिक्षकहरूलाई तालिम दिएको जनाएको छ । नेपालका ५ प्रमुख शहरका १३ स्थानमा किड्जीको उपस्थिति बढ्दो क्रममा छ ।