Home शिक्षा अन्तर्वार्ता ३५ लाख बालबालिका विद्यालय बाहिर

३५ लाख बालबालिका विद्यालय बाहिर

इथियोपियामा जारी आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण कम्तीमा ३५ लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका  एक अध्ययनले देखाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोषका अनुसार आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण ३५ लाख बालबालिका विद्यालयको पहुँचबाहिर रहेका हुन् । खडेरीका कारण लामो समयदेखि ती बालबालिकाका अभिभावकले खाद्यान्न अभाव झैल्दै आएका छन् ।

टिगरे क्षेत्र खाद्य समस्याबाट पीडित छ । बालकोषले केही समयअघि कोभिडका कारण बालबालिका विद्यालय जान नपाएका जनाएको थियो ।गोरखापत्र

धेरै पढिएको
सम्बन्धित शीर्षकहरु